• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता



ललितपुर । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पघिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले २१ हजार ७०० र उहाँका निकटतम प्रतिष्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (माओबादी केन्द्र) का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाउनुभएको छ । हालसम्म १३ वटा वडाको मत गणना हुँदा आठ वडामा अध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा ९एकीकृत समाजबादी०का दुईदुई र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट नं ४ मा सञ्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादूर महर्जन र ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रबिन ब्यञ्जनकार, ११ अरोजकुमार खड्की र १४ मा अमृतजङ्ग महत विजयी हुनुभएको छ । वडा नम्वर २ मा एकीकृत समाजबादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नम्वर एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नम्वर ५ मा एमालेका विकासमान श्रेष्ठ र १२ मा नारायणलाल अवाले विजयी हुनुभएको छ । हाल वडा नम्वर ९, ११ र १२ को गणना जारी छ ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म १३ वटा वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकोमा शनिबारदेखि मतगणना शुरु भएको थियो । शुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल चार वडाको एकै पटक गणना भइरहेको छ । हाल वडा नम्वर १३, १५, १६ र १७ को गणना जारी छ । रासस