२३ मंसिर २०८२, मंगलवार
,
Latest
ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु लोकतन्त्रभित्र राजतन्त्र समेटौँँ: रविन्द्र मिश्र सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० हजार मत गणना हुँदा दाहाल तीन हजार बढी मतान्तरले अगाडि



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बन्नु भएकी दाहालले तीन हजार २०५ मतले अग्रता लिनुभएको छ ।

महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गर्नुभयो ।

महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राख्नु भएको छ । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गर्नुभयो ।

यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अध्यक्षमा विजयी हुनु भएको छ । यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।