२५ मंसिर २०८२, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गरेको विजयी र्यालीमा एमालेले आक्रमण गर्दा छ घाइते



सांकेतिक तस्बिर
अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा नेपाली कांग्रेसले गरेको विजयी र्यालीमा नेकपा (एमाले) ले आक्रमण गर्दा छ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२७ मा वडाध्यक्ष पदमा निर्वाचित भएपछि कांग्रेसले बिहीबार राति विजयोत्सव मनाएको थियो ।

एमालेका वडाध्यक्षका पराजित उम्मेदवारसहितको समूहले विजयोत्सवमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ । आक्रमणमा परेका छ मध्ये अधिकांको टाउकोमा चोट लागेको बताइएको छ । पर्सा जिल्ला प्रहरीले सबैको अवस्था सामान्य रहेको जनाएको छ ।

सो वडाको अध्यक्ष पदमा कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी एक हजार ५१६ मत ल्याई निर्वाचित भएका हुन् । पराजित एमालेका उम्मेदवार प्रदीपकुमार यादवले एक हजार ११६ मत पाएका थिए । यादव यसअघिको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

घाइतेहरुका अनुसार हृदयले वडाध्यक्षमा जितेको खुशीमा विजयउत्सव मनाइरहँदा पराजित एमालेका यादवसहितको समूहले लाठीले कुटपिट गरेका थिए । उनीहरुले एमालेलाई भोट नहाली कांग्रेसको विजयोत्सवमा किन गएको भन्दै कुटपिट गरेको घाइतेहरुले बताए ।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पराजित उम्मेदवार यादवसहित तीन जनालाई नियन्त्रण्मा लिएको बताइएको छ ।