२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको जानकीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस



Nepali Congress
अ+ अ-

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत वासुदेव शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ७९५ मत पाउँदा जसपाका राजीवकुमार कुर्मीले दुई हजार ९३८ मत पाउनुभएको थियो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रामप्यारी यादवले एमालेका भूमिसरा धिताललाई पछि पार्दै छ हजार ९०९ मत ल्याएर निर्वाचित हुनुभयो । धितालले तीन हजार ४५६ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रक्षाराम कुर्मीले दुई हजार २२९ मत ल्याउनुभएको थियो ।

छ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले तीन, जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जितेको थियो । कूल २२ हजार ८२९ मतदाता रहेको उक्त गाउँपालिकामा १८ हजार ५४३ मत खसेको थियो । खसेका मतमध्ये ७०५ बदर भएको थियो । अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै तीन पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।