५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको जानकीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस



Nepali Congress
अ+ अ-

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत वासुदेव शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ७९५ मत पाउँदा जसपाका राजीवकुमार कुर्मीले दुई हजार ९३८ मत पाउनुभएको थियो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रामप्यारी यादवले एमालेका भूमिसरा धिताललाई पछि पार्दै छ हजार ९०९ मत ल्याएर निर्वाचित हुनुभयो । धितालले तीन हजार ४५६ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रक्षाराम कुर्मीले दुई हजार २२९ मत ल्याउनुभएको थियो ।

छ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले तीन, जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जितेको थियो । कूल २२ हजार ८२९ मतदाता रहेको उक्त गाउँपालिकामा १८ हजार ५४३ मत खसेको थियो । खसेका मतमध्ये ७०५ बदर भएको थियो । अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै तीन पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।