१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रसिया – युक्रेन तनावः पुटिन हार मान्छन् या युक्रेन दुई टुक्रा हुनेछ ?

रसिया – युक्रेन तनावः पुटिन हार मान्छन् या युक्रेन दुई टुक्रा हुनेछ ?
अ अ+ अ-

काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणको आज पाँचौं दिन हो । रुसको भारी बमबारीका बीच युक्रेनले अमेरिका र युरोपबाट रणनीतिक सहयोग पाउन थालेको छ । 

योसँगै रुसको आर्थिक नाकाबन्दी पनि भइरहेको छ भने युक्रेनका जनता पनि रुससँग भिड्न अगाडि आएका छन् । दुई दिनमा एक लाखले हतियार उठाएका छन् ।

यी सबैको प्रभाव पुटिनमा पनि पर्ने निश्चित छ । अमेरिकी रक्षा विशेषज्ञ प्रोफेसर पल डी मिलर जर्जटाउन युनिभर्सिटीको स्कुल अफ फरेन सर्भिस, अमेरिकामा अन्तर्राष्ट्रिय मामिलाका प्रोफेसर हुन् । उनी अमेरिकी सेनाका सल्लाहकार हुन् र उनले इराक र अफगानिस्तानमा धेरै वर्ष बिताएका छन् ।

उनै पलका अनुसार वर्तमान अवस्थामा धेरै सम्भावित परिणामहरू हुन सक्छन् । रुसमाथि लगाइएको प्रतिबन्ध र युक्रेनको प्रतिरोधले राष्ट्रपति पुटिनका लागि अप्ठ्यारो अवस्था सिर्जना गर्न सक्छ । युक्रेन र रुस एक वा दुई हप्ताको युद्धपछि युद्धविरामका लागि तयार हुन सक्छन् ।

उनी भन्छन्, 'रसिया युक्रेनबाट बाहिरिनेछ, क्रिमिया रसियासँग रहनेछ र डोनेट्स्क र लुहान्स्क प्रान्तहरू युक्रेनको नियन्त्रण बाहिर हुनेछन् । युक्रेनले दुई अवस्थाको सामना गर्नेछ। यो फिनल्याण्ड जस्तै तटस्थ रहनेछ वा नाटोमा सामेल हुन अनुरोध गर्नेछ।'

उनी अगाडी भन्छन्, 'यदि त्यसो भएन भने निपर नदीका दुवै किनारामा दुबै पक्ष भिड्नेछन् । पूर्वी युक्रेन र क्रिमियामा रुसको पूर्ण नियन्त्रण हुनेछ। तनाव जारी रहनेछ । पश्चिमी युक्रेन कमजोर हुनेछ र नाटोको भाग हुन अनुरोध गर्नेछ ।'

उनको भनाईमा रुसले जित्न सक्छ, तर युक्रेनको पश्चिमी भाग र महत्वपूर्ण सहरहरूमा जन प्रतिरोध गुरिल्ला युद्धले युद्धको रूप लिनेछ । यस अवस्थामा त्यहाँ धेरै रक्तपात हुनेछ । यदि युक्रेनले कहिल्यै जित्यो भने, कम्तिमा एक पुस्ता पछाडि छोडिनेछ ।

उनी फरक प्रसंगमा भन्छन्, 'यो पनि हुन सक्छ कि रूसले सीधा जित्नेछ। पूरै युक्रेन उनको नियन्त्रणमा आउनु पर्छ वा उसले पूर्वी युक्रेनलाई आफ्नो क्षेत्रमा समावेश गर्नुपर्छ र पश्चिम युक्रेनमा आफ्नो प्रभाव रहेको सरकार गठन गर्नुपर्छ ।'

'जे सुकै होस्, तर एउटा कुरा पक्का छ कि रुस पहिलेको तुलनामा विश्वमा झन् एक्लो हुने छ र उसको नाकाबन्दी कडा बनाइनेछ । रुस पनि असफल राष्ट्र बन्न सक्छ । प्रश्न यो छ, पुटिनले युक्रेनको सन्दर्भमा आफ्नो लक्ष्य हासिल गरे पनि युद्धको नतिजालाई कसरी सामना गर्ने ? युक्रेन युद्ध पछि विश्वव्यापी कूटनीति परिवर्तन हुनेछ। यो नयाँ शीतयुद्धको सुरुवात पनि हुन सक्छ।' प्रोफेसर पलले भने । एजेन्सीको सहयोगमा