११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकमा एमाले सांसदको अवरोध आज पनि कायमै



अ+ अ-

काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठक पनि एमाले साँसदहरुद्वारा अवरोध गरिएको छ । सभामुख अग्निप्रसाद सापकाटाले साँसदहरुलाई संसदीय मयार्दा पालन गर्दै आफ्नो स्थानमा बस्न एमाले साँसदहरुलाई आग्रह गरेका थिए तर पनि नाराबाजी शुरु भएको छ । 

बैठक आरम्भ भएलगत्तै एमाले साँसदहरु आफ्ना स्थानबाट उठेर रोस्टमतर्फ बढेका हुन् । एमाले साँसदहरुले ुुसंसदीय मर्यादा पालन गर।।।, संवैधानिक सर्वोच्चता कायम गर।।। ुुभन्ने जस्ता नाराहरु लगाईरहेका छन् ।

यद्यपी सभामुख सापकाटाले नाराबाजीकै बिच राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै आजको बैठकमा वार्षिक प्रतिवेदन पेशमा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  'महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ ' पनि पेश गरेका छन् ।