१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.58

Wind: 5.14

Humidity: 43

Latest
अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ– क्रेमलिन केपी ओली कपको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी ‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु च्याम्पियन्स ट्रफीः ग्लेन फिलिप्सले लिए कोहलीको उत्कृष्ट क्याच पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकमा एमाले सांसदको अवरोध आज पनि कायमै



अ+ अ-

काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठक पनि एमाले साँसदहरुद्वारा अवरोध गरिएको छ । सभामुख अग्निप्रसाद सापकाटाले साँसदहरुलाई संसदीय मयार्दा पालन गर्दै आफ्नो स्थानमा बस्न एमाले साँसदहरुलाई आग्रह गरेका थिए तर पनि नाराबाजी शुरु भएको छ । 

बैठक आरम्भ भएलगत्तै एमाले साँसदहरु आफ्ना स्थानबाट उठेर रोस्टमतर्फ बढेका हुन् । एमाले साँसदहरुले ुुसंसदीय मर्यादा पालन गर।।।, संवैधानिक सर्वोच्चता कायम गर।।। ुुभन्ने जस्ता नाराहरु लगाईरहेका छन् ।

यद्यपी सभामुख सापकाटाले नाराबाजीकै बिच राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै आजको बैठकमा वार्षिक प्रतिवेदन पेशमा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  'महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ ' पनि पेश गरेका छन् ।