४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

बालेन होइन बालेनहरू !

बालेन होइन बालेनहरू !
अ+ अ-

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई राजनैतिक वितृष्णा भएको हो । त्यसैले यसपल्ट पनि मैले बालेनलाई भोट हालेकी छैन । अर्थात् बालेनसँग मेरो व्यक्तिगत कुनै सरोकार छैन । तर म पनि यसै समाजमा र यसै व्रम्हाण्डसँग सरोकार राखिरहेकी मानिस भएकी हुनाले वर्तमानसँग सरोकार राखेकी हुँ । किनभने अहिलेका चेतनशील नेपाली संसारमा हरेक तीन जनामध्ये एकजनाको मुखमा बालेनु छ । अहिलेको नेपाली संसारै बालेनमय बनेको छ ।

समाजिक सञ्जाल अर्थात् इन्टरनेट सुविधाका कारण संसार अहिले साँगुरो भएको छ । संसारको एक कुनाका कुनै एउटा मानिसले ङिच्च हाँसे पनि, ठुस्स परे पनि, पिच्च थुके पनि, च्वाप्प पारे पनि, अँगालो हाले पनि र लात्तले हाने पनि निमेषभरमै संसारको अर्को छेउका मानिसले देख्ने, सुन्ने वा सम्पूर्ण प्रत्यक्ष झैँ अनुभूत गरिने अद्भूत प्रविधिको विकास भएको छ । यसै फाइदाका कारण विगतमा भूस्वर्ग मानिएको वर्तमानको काठमाडौँको दुर्गन्धित खाडलको मेयरको उम्मेद्वार बनेको एकतीस वर्षे युवा बालेन अहिले नेपाली संसार प्रसिद्ध बनेका छन् ।

त्यसो त युगौँदेखि नेपाली माटोमा आश्वासनको मैनटोल बालेर थरिथरिका उम्मेद्वार त आएका नै हुन् । तर तिनले Danish लेखक Hans Christian Andersenद्वारा लेखिएको विश्व प्रसिद्ध कथा “The Emperor’s New Clothes” मा जुलाहा बनेर आएका ठग दाजुभाइले सम्राट्लाई नाङ्गै पारे झैँ नेपाली जनतालाई नाङ्गो पार्ने काम मात्र गरेका छन् ।

नेतृत्व पङ्तिमा रहेकाहरूको विगतका कुकृत्यको धङधङीले गर्दा मलाई पनि हत्तपत्त कुनै नेताको विश्वासै लागेन । वर्षौँदेखि हरेक उम्मेद्वार बनेर आउनेहरूका ठूलाठूला आदर्शका कुरा सुनेपछि यो त गतिलो होला कि भन्ठान्थ्यौँ हामी ।

तर परिणाम त विजयी उक्त नेताले आफ्नो र आफ्नै परिवारको भलो त गर्छ नै गर्छ, अझ धेरै जसोले जताको नुनभुटुन खाएको हो त्यतैको भलो गर्न थाल्छन् । त्यसैले नेपालका नेता भनेका ुजुन जोगी आयो कानै चिरेकोु भने झैँ भएका छन् भन्ने सोचमैँ म पनि राजनीतिसँगै वितृष्णित भइरहेँ ।

नेपालका नेता भनाउँदासँग वाक्क र दिक्क भएका हामी काठमाडौँ वासीले अहिले विकासवादी युवा नेताका रूपमा बालेन अर्थात् बालेन्द्र शाहलाई पाएको अनुभूत गरेका छन् । यति हुँदाहुँदै पनि हामी नेपालीले युगौँदेखि भोग्नु वितण्डा भोगेर भुतुक्क भइएको कारण बालेन सन्दर्भमा पनि थरीथरीका सन्त्राशले हामीलाई घेर्नु अचम्म पनि होइन । तर अहिले बालेन शैली निकै लोकप्रिय भने भएकै हो । यिनको विकासवादी चिन्तन, कार्य र प्रस्तुतिले गर्दा नै यति बेला नेपालभित्रका के प्रौढ के युवा वा बालबालिका मात्र नभएर देश विदेशमा रहेका प्रत्येक राष्ट्रवादी नेपालीका मुखमा समेत बालेनको नाउँ झुण्डिएको छ ।

यसपटकको काठमाडौँको मेयरमा बालेनले नै जित्ने संभावना प्रबल पनि बन्दै गएको छ । चुनाव जितेपछि बालेनले अहिलेको यो उनको लोकप्रियतालाई यथार्थमा परिणत गर्ने समय आउने छ । बालेनका सामु आफूले प्रकट गरिसकेका प्रतिबद्धता पूर्ण गर्ने कार्य त छँदै छ । त्योभन्दा पनि डरलाग्दो भनेको नेपालको भ्रष्ट सरकारी तन्त्रसँग पनि उनले डटेर भिड्नु पर्ने छ । भिडेरमात्र पनि पुग्दैन उनले त्यो कुतन्त्रलाई पराजित गर्नै पर्छ ।

अहिले नै पनि बालेनलाई झण्डा ओडेको कुरामा झण्डा झुकाएको आरोप लाउँदै विवादमा तानेका छन् । बालेनले सम्मानका साथ राष्ट्रिय झण्डा ओडेको विषय झण्डा ठाडो पारेर सोही झण्डाको आडमा अनर्गल काम गर्नेहरूले नै पचाउन नसकेको देखिएको छ । अर्को कुरा दल र दलका आडमा जथाभावी गर्ने दल र दलका माध्यमबाट मुलुक र जनतालाई नै दुहुना बनाउँदै आएकाहरूले नै अनेक परिपञ्च रचेर बालेनलाई असफल गराउन जे सुकै पनि गर्न पछि पर्ने छैनन् ।

बालेन तराई मूलका हुनु र काठमाडौँ नेवा राज्य हो भनेर साम्प्रदायिक नारा पनि लगाइन थालिसकिएको छ । हाम्रो मुलुकमा राष्ट्रवादी व्यक्तिको हत्या गरिने, समुल नै नष्ट गराइने वा पङ्गु पारेर पाखा लगाउने षडयन्त्र पनि गरिँदै आएको छ । त्यसैले मेयरमा निर्वाचित भएपछि बालेनले पनि फलामका चिउरा चपाएर सतर्कतापूर्वक काम गर्नुपर्ने छ ।

बालेनको उदय अहिलेको नेपालका लागि नयाँ बिहानीको सूर्य समान भएको छ । अब बालेन एउटा नीति बनेर सम्पूर्ण नेपालभरि बालेनै बालेनको टड्कारो आवश्यकता पूरा हुनुपर्छ । हरेक युवा र हरेक नेपालीले जाग्रत भएर बालेनहरू राष्ट्रिय राजनीतिमा आउनुपर्ने छ ।

यो मेरो वा उसको आवश्यक्ता नभएर सम्पूर्ण नेपालको आवश्यकता हो । अबका दिनमा बालेनले नै यसको नेतृत्व गर्नुपर्छ र नेपाललाई नयाँ नेपाल बनाउनु पर्छ । त्यसो गर्दै गए भने बालेन नेपालका राष्ट्रका संरक्षकै समेत बन्न पनि सक्ने छन् । यदि नेपाल बनाउने नै हो भने दुङदुङी गन्हाएका र ढुसी परिसकेका पुराना नेता परित्याग गरेर युवाहरूले नै काँधमा नेपाल बोक्नुपर्छ ।

इमान्दार, राष्ट्रवादी, दुरदृष्टि र विकासवादी दृष्टिकोणका साथ आधुनिक सोच र सामर्थ्य भएका युवाले मात्र लथालिङ्ग भइसकेको नेपालमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । किनभने यतिबेला नेपाल जोगाउन संसारभरिका नेपाली युवाहरूले एक जुट हुनै पर्ने समय पनि आइसकेको छ । त्यसैले म पनि भन्छु बालेन भनेको वर्तमान नेपालको आवश्यकता हो । हाम्रो देशका हरेक अञ्चल, जिल्ला, नगर र गाउँहरूमा हामीलाई बालेनहरू चाहिएका छन् । हामीले बालेन कत‌ैबाट आयात गर्नु पर्दैन । स्वतस्फूर्त रूपमा जताततै छरिएर रहेका बालेनहरू जाग्रत हुनुपर्यो । एउटा बालेन होइन हामीलाई नेपालभरि बालेनै बालेनहरू चाहिएको छ ।

त्यसैले म भन्छु-

बालेन जितुन् !
बालेन नबिकुन् !
बालेन आफ्नो लक्ष्यमा टिकुन् !
अनि त्यसपछि बालेन- जिन्दावाद !