२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

पाठ्यपुस्तक छपाईमा लापरवाही, विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा (भिडियोसहित)

पाठ्यपुस्तक छपाईमा  लापरवाही, विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा (भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थीई कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरुमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरु बताउँछन् । अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरुको बुझाइ छ ।

विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्राँइ गरेर लाखौँ बालबालिकाहरुको भविष्यमा अन्योल पैदा गरेको बताउनु भयो । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताउनु भयो । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरुका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताउनु भयो ।

शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरेपनि दूरदराजका क्षेत्रहरुमा यो उपाय सही साबित हुन सक्दैन । जसकारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरुले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् । प्रधानाध्यापक कडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको बताउनु भयो ।

प्रधानाध्यापक कडेलले भन्नुभयो, ‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष जेठ ५ गतेबाट पठनपाठन शुरु गर्ने, वैशाख महिनाभर परीक्षा, नतिजा प्रकाशन, भर्ना प्रक्रियाहरु गर्ने भनेको थियो । हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ । यसबेला पाठ्यपुस्तक छैन । जसकारण हामी सबै अन्योलमा छौँ । कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन । स्थानीय तहको जुन निर्वाचन भयो, त्यो निर्वाचनको लागि मतपत्र छपाइका कारणले हामीले पाठ्यपुस्तक छपाउन सकेनौँ, डेढ, दुई महिना ढिलो हुन्छ भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भनेको छ भनेर पुस्तक पसलेहरु भन्नुहुन्छ । हामीले पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने भन्ने योजना बनाएका छौँ । तर विद्यार्थीहरुमा पाठ्य पुस्तकबिना कक्षामा पढ्नै सकिँदैन जस्तो भन्ने हाम्रो मानसिकता छ । शिक्षकहरुले पनि पुस्तकको पाठ्यक्रमकै आधारमा पठनपाठन गराउनु हुन्छ । त्यसकारण अफ्ठ्यारो छ नै । पाठ्यक्रमको आधारमा यही जेठ ५ गतेबाट पठनपाठन शुरु गर्ने र सरकारलाई हामीले छिटो भन्दा छिटो छपाइ गरी पाठ्यपुस्तक वितरण गर्नुस् भन्ने र कक्षा ४, ७ र ९ को भने यसपालि नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएको छ । त्यो बाहेकका अन्य कक्षाहरुमा अगाडि पढेका विद्यार्थीहरुको पुस्तक मागेर पठनपाठन गराउने सोच बनाएका छौँ ।’

प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचेक्राँइ गरेको बताउनु भयो । उहाँले सरकारले ठोस योजना बनाएर काम नगरेको र शिक्षालाई कम प्राथमिकता दिएका कारण लाखौँ विद्यार्थीहरुको भविष्य अन्योलमा परेको बताउनु भयो । प्रधानाध्यापक कडेलले निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीहरुको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाउनु भयो । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरुको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानाध्यापक कडेलले भन्नुभयो, ‘सबैलाई २०७९ वैशाखमा निर्वाचन हुन्छ भन्ने त थाहा नै थियो । किनभने यो निर्वाचनको वर्ष हो । यही वर्ष नै प्रदेश र संघको पनि निर्वाचन हुँदैछ । निर्वाचन हुने बेलामा मतपत्र छाप्नुपर्छ भन्ने त थाहा थियो । त्यसकारण ठोस योजना बनाएर २०७८ सालमा नै २०७९ सालको लागि कति विद्यार्थी छन् भन्ने कुरा मोटामोटी त आएको हुन्थ्यो । सरकारले ठोस योजना नगरेर कम प्राथमिकता दिएको जस्तो देखिएको छ । विद्यार्थीहरुको हातमा पाठ्य पुस्तक ढिलो दिएपनि हुन्छ भनेर सरकार जिम्मेवारीबाट पन्छिएको जस्तो हामीले महशुस गरेका छौँ । आगामी वर्षको लागि सरकारले यही वर्षको चैत्रभित्र पाठ्यपुस्तक पु¥याउने काम गर्नुपर्छ ।’

प्रधानाध्यापक कडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाव दिएर भएपनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पाउने स्थिति सिर्जना गर्न आग्रह गर्नुभयो । कोरोनाका कारण गत दुई वर्ष पनि शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै गएको बेलामा सरकारले समयमै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु शैक्षिक क्षेत्रका लागि नै दुःखको कुरा भएको बताउनु भयो ।