७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्रको जित



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

गोरखा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेता डा बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले विजय भएको छ ।

सो नगरपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुख दुवै उम्मेदवार निर्वाचित भएका हुन् । विवश चिन्त छ हजार ७२ मतका साथ प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले पाँच हजार ७१७ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा माओवादी केन्द्रकै बन्दना पाण्डे पाँच हजार ५७९ मत ल्याई विजयी भइन् । उपप्रमुख पदमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत प्राप्त गरिन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जसपाका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको थियो । तर स्थानीयस्तरमा असन्तुष्टि बढेपछि कांग्रेस र जसपाबीचको चुनावी तालमेल सफल हुन सकेन ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पालुङटार नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।