४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र



अ+ अ-

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको छ । घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभयो । अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गर्नुभयो ।

चौध वडा रहेको गाउँपालिकामा ११ मा माओवादी केन्द्र विजयी भएको छ भने एक÷एक वडामा एमाले र कांग्रेसले जितेका छन् । एउटा वडामा एमाले र कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ । पुथा उत्तरगङ्गामा २०७४ को चुनावमा पनि माओवादी केन्द्रले १० वडामा तथा एमाले र कांग्रेसले दुई दुई वडामा जित हासिल गरेका थिए । रासस