• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रसौनी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित



बारा । बाराको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

सात वडा रहेको सो पालिकामा अध्यक्षमा विनोद जैसवाल चार हजार ४४८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार कलवारले तीन हजार १२८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा किरण देवीले नेपाली कांग्रेसकी निलम साहलाई ७१२ मतान्तरले पराजित गर्नुभयो । किरणले तीन हजार ९८३ तथा निलमले तीन हजार २७१ मत पाउनुभयो । विसं २०७४ को निर्वाचनमा यस पालिकामा लोसपाका भोलाप्रसाद गुप्ता र गीता साह निर्वाचित हुनु भएको थियो । रासस