११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

शनिवार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरुलाई जनसरोकारका मुद्दाहरु संसदमा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरुमा विशेष तयारीका साथ प्रश्तुत हुन निर्देशन दिनुभएको जानकारी गराउनु भयो । प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्र बमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताउनु भयो । उहाँले सरकारलाई कमजोर बनाउने षड्यन्त्रहरु भइरहेपनि वर्तमान सत्तारुढ समिकरणलाई मजबुत बनाएर अगाडी बढाउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘पहिलेदेखि भन्दै पनि आएका छौँ । संसदभित्रै बाट पनि बोल्दै आएका के छ भने अहिलेको बजेट अलि प्रभावकारी ढंगबाट आउनुपथ्र्यो । त्यसमा केही छलफल कम भएको यथार्थ हो । किनभने यो संयुक्त सरकार हो । संयुक्त सरकारको चरित्र बमोजिम बजेटले त्यो स्प्रिट पक्रिनुपथ्र्यो कि भन्ने एउटा आशय र विषय हाम्रो हो । त्यसरी बजेट नआएपछि यसमा स्वभाविक गुनासो, प्रश्न र सुझाव लिने कुरालाई अन्यथा लिनु भएन । त्यही कोणबाट आजपनि छलफल भयो । जुन ढंगबाट जसरी विषयवस्तु आएपनि, बजेट आएपनि अन्तत्वोगत्वा यो बजेट राजनीतिक हिसाबले यसलाई हामीले समर्थन गरेर, बोकेर जानुपर्छ । यो गठबन्धनलाई हामी बलियो बनाएर लिएर जान चाहान्छौँ । यो समिकरणलाई अझ मजबुद बनाएर अगाडी बढाउन चाहन्छौँ ।

यो सरकारलाई कमजोर बनाउनका लागि कयौँ खेतिपाति आजको दिनमा पनि चलिरहेको छ । आजै मुलुकमा अस्थिरतामा लैजानका लागि अनेकौँ ढंगबाट सरकारविरुद्धका खेतिपातिहरु, षड्यन्त्रहरु चलेकै छन् । यो सरकारलाई मजबुत बनाउने र आज दिएका सुझावहरु भोलिका लागि कामयावि होस् भन्नका लागि हामीले खुला रुपमा कसैलाई पनि छलफलमा आफ्ना सुझावहरु दिन अनुरोध गरेका छौँ ।

छेकवार गरेका छैनौँ । समसामयिक कतिपय परिस्थितिका विषयमा दलका नेताज्यूबाट विशेष गरेर संसदीय मामिलामा जनसरोकारका मुद्दाहरुमा संसदमा मुखरित गर्ने र विकास निर्माणको सँगसँगै नीतिगत पक्षमा राष्ट्रका कयौँ ज्वलन्त, महत्वपूर्ण विषयहरुमा सांसदहरुले विशेष तयारीका साथ आफुलाई प्रस्तुत गर्ने, कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्नेगरी अगाडी बढ्न निर्देशित गर्नुभयो ।’

सरकारमा सहभागि हुन चाहाने दलहरुलाई समावेश गराएर जाने पक्षमा सरकार रहेको र चाँडै त्यो कोर्षमा सरकार अगाडी बढ्छ ।