२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसौनी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित



अ+ अ-

बारा । बाराको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

सात वडा रहेको सो पालिकामा अध्यक्षमा विनोद जैसवाल चार हजार ४४८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार कलवारले तीन हजार १२८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा किरण देवीले नेपाली कांग्रेसकी निलम साहलाई ७१२ मतान्तरले पराजित गर्नुभयो । किरणले तीन हजार ९८३ तथा निलमले तीन हजार २७१ मत पाउनुभयो । विसं २०७४ को निर्वाचनमा यस पालिकामा लोसपाका भोलाप्रसाद गुप्ता र गीता साह निर्वाचित हुनु भएको थियो । रासस