• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौंमा बालेनले कटाए २० हजार मत, चितवनमा रेणुको अग्रता बढ्दै



काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले नाटकीय अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले २० हजार २६ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । स्थापितले १० हजार ६३८ मत प्राप्त गरेका छन् जुन बालेन्द्रको भन्दा ९ हजार ९३८ ले कमी हो । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले हालसम्म ९ हजार ९५६ मत मात्रै प्राप्त गरेकी छिन् ।

उता, भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहालले एमालेका प्रत्यासी विजय सुवेदीसँगको अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

पछिल्लो मत विवरण अनुसार, रेणु दाहालले १४ हजार ३७७ मत प्राप्त गरेकी छिन् जबकी एमालेका विजय सुवेदीले ११ हजार ४३१ मत प्राप्त गरेका छन् । अर्थात विजय सुवेदीभन्दा रेणुले २,९४६ मतान्तर बनाउनु भएको छ ।