• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी, गठबन्धन पराजित



चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। तीन वटै पालिकाको मेयररअध्यक्षमा एमाले विजयी भएको छ।

माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक हुँदा तीनै पालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका हुन्।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो। गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मतान्तरले निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्।

गाउँपालिकाकी निवर्तमान अध्यक्ष गिताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन्। तर उनी सफल हुन भने सकिनन्।

उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन्। सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा मोआवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन्। गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन्। इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एकरएक वडा जिते।

इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो। वडाहरुको नतिजा यस्तो छ इच्छाकामना गाउँपालिका–१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर ९६३९० निर्वाचित भए। एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याए पनि निर्वाचित हुनका लागि पर्याप्त भएन। गिरी १० मतान्तरले पराजित भए। उनी निर्तमान वडाध्यक्ष हुन्। वडा सदस्यहरुमा सबै एमालेका उमेदवार निर्वाचित भए।

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो। अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे।

इच्छाकामना–३ को अध्यक्षमा एमालेका नरबहादुर नेपाल निर्वाचित भए। नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए। इच्छाकामना–४ मा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा रुद्रप्रसाद उप्रेती ८५८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका होमबहादुर सिलवालले ६९८ मत प्राप्त गरे। उप्रेतीले सिलवाललाई १६० मतान्तरले पराजित गरेका हुन्।

इच्छाकामना–५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा तेजबहादुर शेरचन ७५२ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार जितबहादुर थापा मगरले ३८४ र कांग्रेसका मोदराज सिलवालले २१३ मत मात्रै प्राप्त गरे। वडा नम्बर ६ मा पनि एमालेको प्यानल नै विजयी भयो।

वडा अध्यक्षमा एमालेका लक्ष्मण प्रजा ७९७ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका विराज गुरुङले ५७६ मत मात्रै प्राप्त गरे। इच्छाकामना–७ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसका बमबहादुर थापा मगर निर्वाचित भएका हुन्।