२३ पुष २०८१, मंगलवार
,
Latest
माओवादी बैठकमा जनार्दनले भनेः अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ हमासले ३४ बन्दी रिहा गर्दै : पहिलो चरणमा महिला, बृद्धबृद्धा र बालबालिका , बिपीन रिहाइको… नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’ एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै ओली भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र शासकीय जिम्मेवारी लिनेहरु संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री थापा बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति चीन भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि पराजुलीलाई चोरीको आरोप, उहाँ चोर नै हो:खड्का, कानुनी उपचार खोज्नेछु: पराजुली



अ+ अ-

काठमाडौ । कबि भुपेन्द्र खड्काले अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्नुभयो । खड्काले लेख्नुएको छ –लौ हेर्नुस् । मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट बूढालाई के भएछ !

खड्काको स्टाटस आएको केहि समय पछि अर्का कबि पराजुलीले जबाफ फर्काउनु भयो –आदरणीय मित्रहरू भ्रममा नपर्नुहाेला । यो कबिता मैले आजभन्दा करीब २५ वर्षअगाडि लेखेको हुँ र लगातार मन्चमा पढ्दै आएको छु । मलाई लाग्छ यो स्टाटस् मेरो कविताको कपि हो ।अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेको बिरूद्दमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।


पराजुलीको जबाफ फर्काउदै खड्काले फेरी लेख्नुभयो आदरणीय दाइ ! तपाईंको २५ वर्ष अघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चोर नै हो ! धन्यवाद ।