२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरवेजको उडान सेवा सुरु



अ+ अ-

काठमाडौं । कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ ।

बुधवार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो । जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीराले उडान सुरु गर्नाले मध्य–पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष जोडिन सक्ने जजीरा एयरवेजले बताएको छ ।

यस उडानले कुवेत र मध्य–पूर्वको यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरिएको छ । यस उडान मार्फत् विदेशी पर्यटकहरुले सिधै लुम्बिनी पुग्नसक्ने छन् ।