२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले जित्यो पहिलो मेयर



अ+ अ-

काठमाडौं । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले पहिलो मेयर जितेको छ । सप्तरीको हनुमान कांकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझीले मेयर पदमा जितेका हुन् ।

माझी छ हजार ४०७ मत ल्याई मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा० का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरे ।

सो नगरपालिकामा उपमेयरमा भने जसपाकी सरितादेवी यादव निर्वाचित भएकी छन् । यादवले छ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार ९८२ मत पाइन् ।