• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै

दाङको दश पालिकामध्ये पाँचमा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयीः दुईको मतगणना जारी



देउखुरी । दाङका दशमध्ये आठ पालिकामा कांग्रेस र तीनमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । दुई उपमहानगरपालिकाको नतिजा भने आउन बाँकी छ ।

नेपाली कांग्रेसबाट लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरीले नौ हजार ३१७ र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी योगीले आठ हजार ७३७ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी बबई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कुलबहादुर खत्रीले छ हजार ६१५ र उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्काले पाँच हजार ४७९ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै शान्तिनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै प्रमोद बस्नेतले पाँच हजार ७१६ र उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शम्भु गिरीले पाँच हजार ४६७ मत ल्याएर विजय हुनुभएको छ भने उपाध्यक्षमा सोही पार्टीका पिमा वली खड्का पाँच हजार ४७९ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले तीन हजार ९८० र उपाध्यक्षमा सोही पार्टीका धनपतीदेवी यादवले तीन हजार ८३६ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का यमनारायण शर्मा (विश्वास)ले छ हजार ९०९ र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्रका सुवास पुनले पाँच ७४१ र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जीसीले पाँच हजार ९४५ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले छ हजार ८९८ र उपाध्यक्षमा नेकपा एमालेका कमलापती चौधरीले छ हजार ६७४ मत ल्याएर विजयी भएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगनणा भने जारी छ ।