• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी ★   चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो ★   सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने

दाङको दश पालिकामध्ये पाँचमा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयीः दुईको मतगणना जारी



देउखुरी । दाङका दशमध्ये आठ पालिकामा कांग्रेस र तीनमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । दुई उपमहानगरपालिकाको नतिजा भने आउन बाँकी छ ।

नेपाली कांग्रेसबाट लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरीले नौ हजार ३१७ र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी योगीले आठ हजार ७३७ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी बबई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कुलबहादुर खत्रीले छ हजार ६१५ र उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्काले पाँच हजार ४७९ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै शान्तिनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै प्रमोद बस्नेतले पाँच हजार ७१६ र उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शम्भु गिरीले पाँच हजार ४६७ मत ल्याएर विजय हुनुभएको छ भने उपाध्यक्षमा सोही पार्टीका पिमा वली खड्का पाँच हजार ४७९ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले तीन हजार ९८० र उपाध्यक्षमा सोही पार्टीका धनपतीदेवी यादवले तीन हजार ८३६ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का यमनारायण शर्मा (विश्वास)ले छ हजार ९०९ र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्रका सुवास पुनले पाँच ७४१ र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जीसीले पाँच हजार ९४५ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले छ हजार ८९८ र उपाध्यक्षमा नेकपा एमालेका कमलापती चौधरीले छ हजार ६७४ मत ल्याएर विजयी भएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगनणा भने जारी छ ।