१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित



अ+ अ-

सिमकोट । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)का कर्ण रोकाया निर्वाचति हुनुभएको छ ।

आज बिहान सकिएको मतगणनामा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह एक हजार ९६८ मत ल्याएर विजयी हुनुभएको फडेराले एक हजार ३२९ मत ल्याउनुभएको मतदान अधिकृत यमप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेस विद्रोही उम्मेरदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गर्नुभएको छ । एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलोपटक एमाले पराजित भएको हो । निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित हुनुभयो ।

छवटा वडा रहेको गाउँपालिकामा चार वडामा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले एक–एक वडामा उम्मेरदवार विजयी भएका छन् । माअ‍ेवदी केन्द्रको तर्फबाट वडा नं १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाण्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएका छन् भने वडा नं १ मा एमालेका नन्द महतारा र वडा नं ५ एकीकृत समाजवादीका कमल छत्यालको प्यानल विजयी भएका छन् । वडा नं ६ मा माओवादी केन्द्रका वृखबहादुर बुढाको प्यानल विजयी भएको छ ।