२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न



अ+ अ-

काठमाडौं । राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका–१७, सिरहाको गोलबजार नगरपालिका–११ र सर्लाहीको बरथहवा नगरपालिका–१७, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको एक मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा आज मतदान भएको छ ।

राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराका विभिन्न स्थानीय तहमा निर्वाचनको मिति तय गर्ने वा वैशाख ३० गते भएको निर्वाचनलाई मान्यता दिने भन्नेमा छलफल चलिरहेको छ ।

स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।