२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडीमालिकामा एमालेका खड्का र थापा विजयी



अ+ अ-

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनराज पण्डित तीन हजार ५५२ मत ल्याएर पराजित भए ।

यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी नन्दाकुमारी थापाले चार हजार २३३ मत ल्याइ ।

उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधिका सिंह तीन हजार ३५१ मत ल्याएर पराजित भइन् । एमालेले पाँच वडासहित नगरप्रमुख र उपप्रमुख जितेको छ भने दुई वडा नेपाली कांग्रेसले जितेको छ ।