• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपालगञ्जमा कांग्रेस अगाडि



Nepali Congress

नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले छ हजार ७८८ मतका साथ अग्रता लिइरहनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका बिन्दु धर्तीमगरले चार हजार ३६१ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म १, २, ३, ४, ५ १९, २०, २१, २२ र २३ वडाको मत गणना सकिएको छ । अहिले वडा नं ६, ७ र १८ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । रासस