जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा उमाशंकर प्रसाद साहले ३३२६ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रहमदेव यादव २९२३ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा एमालेकै पुनम कुमारी साह २९४९ मत ल्याएर विजयी हुनु भयो भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकि कुमारी मण्डल २७९० मत ल्याएकी हुन् ।
यस्तै वडा नं १ मा कांग्रेसका आशेश्वर यादव, २ मा किसुन यादव, ३ मा गंगा प्रसाद यादव, ४ मा जीनीसलाल मण्डल, ५ मा जसपाका सरोज कुमार मण्डल र ६ मा शंकर प्रसाद साह निर्वाचित हुनु भएको छ ।