२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी



अ+ अ-

उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् । लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन् ।

लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईललाई ४४८ मतान्तरले पराजित गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाटै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राईले एमालेको गीता कार्कीलाई एक हजार ६६० मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो ।

त्यस्तै रौतामाई गाउँपालिकामा गठबन्धनकै तर्फबाट माओवादीका वीरेन्द्र मगरले एमालेका भरतबहादुर थापालाई एक हजार ७२ मतको अन्तरले पराजित गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार भूपेन्द्रकुमार थापाले एमालेको कुमारी ठकुरीलाई ८६ मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुर गढी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मानबहादुर केपीछाकी मगरले एमालेका गोपाल खत्रीलाई पराजित गर्नुभएको छ । विजयी मगरले चार हजार ९४२ मत तथा खत्रीले चार हजार ११४ मत प्राप्त प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका जीतबहादुर खड्काले एमालेको शोभा मगरलाई ८६ मतको अन्तरले पराजित गर्नुभएको छ ।

ताप्ली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार ढुङ्गराज विकले एमालेका बाबुराम राईलाई पराजित गर्नुभएको छ । विकले एक हजार ७८७ मत प्राप्त गरी ३८ मतान्तरले राईलाई पराजित गर्नुभएको हो । यस्तै उपाध्यक्षमा गठबन्धनकै कांग्रेसकी धनमाया मगरले एमालेको मानकुमारी थापालाई दुई हजार ५८६ मत प्राप्त गरी पराजित गर्नुभयो ।