१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमको आज तोकिएको पेसी पनि ‘हेर्न नमिल्ने’



अ+ अ-

काठमाडौं । ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि आज तोकिएको पेसी पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको छ ।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलम आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएको थियो तर आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी आलमको रिट पेसी तोकिएकोको थियो । आलमलाई आजभन्दा करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमाथीको मुख्य आरोपित बनाइएको छ । पक्राउपछि उनको सांसद पद पनि निलम्बित छ ।