११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमको आज तोकिएको पेसी पनि ‘हेर्न नमिल्ने’



अ+ अ-

काठमाडौं । ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि आज तोकिएको पेसी पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको छ ।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलम आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएको थियो तर आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी आलमको रिट पेसी तोकिएकोको थियो । आलमलाई आजभन्दा करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमाथीको मुख्य आरोपित बनाइएको छ । पक्राउपछि उनको सांसद पद पनि निलम्बित छ ।