६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीका छ स्थानीय तहको परिणाम सार्वजनिक, कांग्रेस अग्रस्थानमा



अ+ अ-

डोटी । डोटीका नौ स्थानीय तहमध्ये छवटाको मत परिणाम सार्वजनिक भएको छ । यीमध्ये बोगटान फुड्िसल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिलाले दुई हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका विष्नादेवी बमले दुई हजार ६३ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाकाअन्तर्गतका जम्मा सात वडामध्य नेकपा (एमाले) ले दुई, नेपाली कांग्रेस तीन र नेकपा (माओवादी केन्द्र) ले दुई वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

उता बडिकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा निर्वाचित साउँदले दुई हजार ३४३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाअन्तर्गतका छ वडामध्ये नेकपा एमालेले दुई, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले एक वडामा वडाको अध्यक्ष पदमा जित हासिल गरेका छन् ।

यसैगरी डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गादत्त ओझाले तीन हजार ४४९ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुनाकुमारी बोहरा ९रोकाया० ले तीन हजार ५९९ मत प्राप्त गरेर विजयी हुनभएको हो । यस गाउँपालिकाकाअन्तर्गतका जम्मा छ वडामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेस दुई वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट तीन हजार ७७३ मतसहित अध्यक्षमा गणेशबहादुर खड्का विजयी हुनुभएको हो । उपाध्यक्षमा तीन हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी रोकाया विजयी हुनुभएको छ । यस गाउँपालिकाकाअन्तर्गतका जम्मा सात वडामध्ये नेकपा एमालेले तीन, नेपाली कांग्रेसले चार वटा वडाको वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । पाँच हजार १३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ भने चार हजार ७२४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाअन्तर्गतका सातवटै वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

यसैगरी सायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । तीन हजार २४३ मत ल्याएर अध्यक्षमा कांग्रेसका धर्मराज जोशी विजयी हुनुभएको छ भने दुई हजार ९३७ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी निर्मला बोहरा ओली निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाका छ वडामध्ये नेकपा एमालेले एक, नेपाली कांग्रेसले पाँच वटा वडाको अध्यक्ष पदमा जित हासिल गरेका छन् ।