११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकिकृत समाजवादी दर्ता बदर गर्न माग गरिएको रिटको सुनुवाई सुरु



अ+ अ-

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने किसिमले जारी गरेको अध्यादेश बदर गर्न माग गर्दे परेको रिट माथी संवैधानिक इजलासमा सुनुवाई सुरू भएको छ । अधिवक्ता श्रीकान्त बरालले निर्वाचन आयोग,नेपाल सरकार र सभामुख अग्नि प्रसाद सापकाटोसहितलाई विपक्षी बनाएर  रिट दर्ता गर्नुभएको थियो ।

रिटमा संसद अधिबेशन  हठात अन्त्य गरेर जारी गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नियमावली बदर गर्न माग गरिएको छ । साथै सोही नेकपा एमालले निष्कासन गरेका व्यक्तिहरुको  समेत सनाखत गराई नेकपा एकीकृत समाजवादीलाई निर्बाचन आयोगले दर्ता गराएकोमा सो दल बदर गर्न पनि माग गरिएको छ ।  

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको गठित इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।