३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङको बेंसीसहर नगरप्रमुखमा एमालेका अर्याल विजयी



अ+ अ-

लमजुङ । लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार गुमानसिंह अर्याल विजयी भएका छन् । निवर्तमान प्रमुखसमेत रहेका अर्याल नौ हजार ४७९ मत ल्याई निर्वाचित बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले सात हजार ४७१ मत हासिल गरेका छन् । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा एमालेले (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेर उम्मेदवारी दिएका अर्यालले कांग्रेसका तत्कालीन जिल्ला सभापति भेषबहादुर पौडेललाई २९७ मतान्तारले हराएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा एमालेकै पद्मा गुरुङ निर्वाचित भएकी छन् । शिक्षक पेशा त्योगेर उम्मेदवारी दिएकी पद्मा आठ हजार ७१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका हरिजंग तामाङले चार हजार ६९९ मत प्राप्त गरे ।

प्रमुखका लागि अन्य उम्मेदवारमा राप्रपाका अजितबहादुर अधिकारीले १४६, मंगोल नेसनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ र जसपाका बलबहादुर रानाले ४३ मत प्राप्त गरे ।

सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएका कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा एक हजार ६१५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १४८ र मंगोल नेसनल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत ल्याए ।

एघार वडा रहेको बेँसीसहर नगरपालिकामा वडा नं १, २, ५, ७, ८, १० र ११ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए भने एमालेबाटै बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार प्रकाश थापा वडा नं ६ को वडाध्यक्षमा निर्वाचित भए ।

सत्ता गठबन्धनबाट कांग्रेसका तर्फबाट वडा नं ४ र ९ तथा माओवादी केन्द्रबाट वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका छन् ।