• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी



Nepali Congress

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेर बहादुर शाही निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार गीता शाही चुनिनु भएको छ ।

अध्यक्षका प्रत्यासी शेरबहादुर शाहीले तीन हजार ३०३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले एमालेका उम्मेदवार रंगनाथ योगीलाई ५८५ मतान्तरले जित्नु भएको हो । एमालेका योगीले २ हजार ७१८ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा निर्वाचित गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्नु भएको थियो । शाहीले २ हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसराले २ हजार ४२९ मत प्राप्त गर्नु भएको थियो ।

शिवालयमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।