२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी



अ+ अ-

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी हुनुभएको छ ।

यस गाउँपालिकामा अध्यक्षका उम्मेदबार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी हुनुभयो भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृति समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार रोकायाले १ हजार ३३६ मत ल्याएर विजयी हुनुभयो भने नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १ हजार १६५ मत प्राप्त गर्नुभएको थियो ।