३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

Latest
‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी



अ+ अ-

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी हुनुभएको छ ।

यस गाउँपालिकामा अध्यक्षका उम्मेदबार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी हुनुभयो भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृति समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार रोकायाले १ हजार ३३६ मत ल्याएर विजयी हुनुभयो भने नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १ हजार १६५ मत प्राप्त गर्नुभएको थियो ।