२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी



अ+ अ-

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी हुनुभएको छ ।

यस गाउँपालिकामा अध्यक्षका उम्मेदबार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी हुनुभयो भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृति समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार रोकायाले १ हजार ३३६ मत ल्याएर विजयी हुनुभयो भने नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १ हजार १६५ मत प्राप्त गर्नुभएको थियो ।