२४ मंसिर २०८२, बुधबार
,
Latest
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिका: बालेन ७५३४, स्थापित ३९८२



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७५३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह ३५५२ मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ ।

स्थापितले हालसम्म ३९८२ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३४८६ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ६३४६ मत ल्याई अग्रता कायम गर्नु भएको छ ।

सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १६९० मत ल्याउनु भएको छ । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले १३४५ मत प्राप्त गर्नु भएको छ ।