• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी



दाङ । दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् ।

अध्यक्षमा बुढाथोकी ३ हजार ९ सय ८० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १ सय ६७ मत प्राप्त गरे भने एमालेका कुलराज गिरीले २ हजार ९ सय २२ मत प्राप्त गरे ।

यस्तै,उपाध्यक्षमा धनपतीदेवी यादव ३ हजार ८ सय ३६ मत ल्याई विजयी भएकी छन् । उनी २०७४ मा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी पुष्पा यादवले ३ हजार ३ सय ४८ मत प्राप्त गरेकी छन् भने एमालेकी सीता यादवले २ हजार ९ सय ७ मत प्राप्त गरिन् ।