• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

कैलारी गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी



सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बालकृष्ण डगौराले ६६० मत पाउनुभएको छ ।

वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशङ्कर चौधरीले ८५६मत पाउनुभएको छ ।

यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी हुनुभएको छ । उहाँ उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि हुनुहुन्छ । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत पाप्त गर्नुभएको छ ।

विसं २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए । मतगणनाको पछिल्लो परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी तीन हजार चार मतसहित अगाडि हुनु हुन्छ । उहाँलाई राप्रपाका होमबहादुर गुरुङले दुई हजार ६७८ मतसहित पछ्याइरहनुभएको छ ।

उपध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरी तीन हजार ५३ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई राप्रपाका दुई हजार २५३ सहित पछ्याइरहनुभएको छ । नौ वडा रहेको गाउँपालिकाका बाँकी वडामा मत गणना जारी छ ।

धनगढी उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका सन्तोष मुडभरी एक हजार २६९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मुडभरीका निकटतम प्रतिद्वन्द्वी माओवादीका यदु सुनारले ५९६ मत प्राप्त गर्नुभएको छ । वडाका अन्य चार सदस्य पदमा समेत कांग्रेसका प्रत्यासी विजयी हुनुभएको छ । मुडभरी निवर्तमान वडाध्यक्षसमेत हुनुहुन्थ्यो ।

उपमहानगरपालिकाको २, ३, १८ र १९ वडाको मतगणना गए रातिदेखि जारी छ । उपमहानगरपालिकाको सात हजार ४७० मत गणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार ३२९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका प्रमुखका प्रत्यासी नृपबहादुर वडले एक हजार ८३६ मतसहित पछ्याइरहनुभएको छ ।

उपमहानगरको उपप्रमुखमा माओवादीका शान्ति अधिकारीले एक हजार ६२३ मत र एमालेकी कन्दकला रानाथारुले एक हजार३५३मत प्राप्त गर्नुभएको छ । उपमहानगरपालिकाको झण्डै ५० हजार मतको गणना हुन बाँकी छ ।

कैलालीको गोदावरी र लम्कीचुहा नगरपालिका, जानकी र कैलारी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मतगणनमा आगाडि छन् । नेकपा (एकीकृत समाजवादी)का प्रमुखका प्रत्यासी घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा आगाडि छन् ।

माओवादीका गौरीगङ्गा नगरपालिकाको प्रमुखमा र एमाले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा अगाडि रहेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रमुखका प्रत्यासी जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिमा मतगणनामा अगाडि छन् ।