२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी



अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका पुष्पकुमार राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

अध्यक्षका पदमा राई नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार राजकुमार राईलाई एक हजार ३३८ मतको विरुद्ध एक हजार ८१८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा राई एमालेकी उम्मेदवार गीता कार्कीलाई एक हजार ३१२ विरुद्ध एक हजार ६४० मत प्राप्त गरेर विजयी हुनुभएको मूख्य निर्वाचन अधिकृतको कायालय उदयपुरले बताएको छ ।