२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् ।

उक्त पालिका अध्यक्षमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उपाध्यक्षमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गरेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिएका छन् । उनीहरुका निटकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका शङ्खरबहादुर राईले दुई हजार ५७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत प्राप्त गरेका छन ।

विसं २०७४ सालमा भएको निर्वाचनमा अरुणादेवी माओवादी केन्द्र र खड्का कांग्रेसबाट अध्यक्षमा उम्मेदवार रहनुभएको थियो । यसवर्षको निर्वाचनमा सत्ता गठबन्धनले अध्यक्ष र उपाध्यक्ष तथा पाँच वडाध्यक्षसहित बहुमत सदस्य जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका शङ्खबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा रहनेगरी उम्मेदवार बनाएको हो ।

जन्तेढुङ्गा गाउँपालिकाको ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी हुनुभएको हो ।