५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् ।

उक्त पालिका अध्यक्षमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उपाध्यक्षमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गरेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिएका छन् । उनीहरुका निटकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका शङ्खरबहादुर राईले दुई हजार ५७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत प्राप्त गरेका छन ।

विसं २०७४ सालमा भएको निर्वाचनमा अरुणादेवी माओवादी केन्द्र र खड्का कांग्रेसबाट अध्यक्षमा उम्मेदवार रहनुभएको थियो । यसवर्षको निर्वाचनमा सत्ता गठबन्धनले अध्यक्ष र उपाध्यक्ष तथा पाँच वडाध्यक्षसहित बहुमत सदस्य जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका शङ्खबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा रहनेगरी उम्मेदवार बनाएको हो ।

जन्तेढुङ्गा गाउँपालिकाको ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी हुनुभएको हो ।