१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पशुपतिनाथ क्षेत्र झिलिमिली

पशुपतिनाथ क्षेत्र झिलिमिली
पशुपतिनाथ मन्दिर क्षेत्र
अ अ+ अ-

काठमाडौँ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि  तयारीस्वरुप झिलिमिली बनाइएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई  रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो  ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ ।  भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस क्षेत्रलाई रङ्गीचङ्गी र झिलिमिली बनाएका छौँ, अहिले यहाँ स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ ।” 

खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।