१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुलाई पुनः अग्रता



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः अग्रता हासिल गरेकी छिन् ।

पछिल्लो परिणामअनुसार चार हजार ८७७ मत गणना हुँदा रेनुले एक हजार ७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको खातामा ५७९ मत परेको छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले एक हजार ८९५ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

यसअघिको मतगणनामा मेयर पदमा दाहाल सुवेदीभन्दा ७० मतले पछि परेकी थिइन् ।