११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जोकलाल बुढा तमानखोलाको अध्यक्षमा निर्वाचित



अ+ अ-

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । दुई हजार ७०७ मत ल्याएर जोकलाल बुढा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका बुढासँग पराजित भएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवबहादुर पुनले एक हजार ९९५ मत हासिल गरे । त्यस्तै नेकपा (एमाले) का देवेन्द्र छन्त्यालले ३९२ मत पाए ।

जिल्लाका अन्य पालिकामा पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल भए पनि तमानखोलामा अध्यक्ष पदमा कांग्रेस र माओवादी केन्द्रले प्रतिस्पर्धा गरेका थिए ।

सो गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी निसु रसाइली एक हजार ९५८ मतसहित विजयी भइन् ।

छ वटा वडा रहेको सो गाउँपालिकामा वडा नं १, २ र ४ मा वडाध्यक्षमा माओवादी केन्द्र तथा वडा नं ३, ५ र ६ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।