३ पुष २०८२, बिहीबार
,
Latest
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जोकलाल बुढा तमानखोलाको अध्यक्षमा निर्वाचित



अ+ अ-

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । दुई हजार ७०७ मत ल्याएर जोकलाल बुढा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका बुढासँग पराजित भएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवबहादुर पुनले एक हजार ९९५ मत हासिल गरे । त्यस्तै नेकपा (एमाले) का देवेन्द्र छन्त्यालले ३९२ मत पाए ।

जिल्लाका अन्य पालिकामा पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल भए पनि तमानखोलामा अध्यक्ष पदमा कांग्रेस र माओवादी केन्द्रले प्रतिस्पर्धा गरेका थिए ।

सो गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी निसु रसाइली एक हजार ९५८ मतसहित विजयी भइन् ।

छ वटा वडा रहेको सो गाउँपालिकामा वडा नं १, २ र ४ मा वडाध्यक्षमा माओवादी केन्द्र तथा वडा नं ३, ५ र ६ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।