१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एमसीसी संसदबाट अनुमोदन गराउन एमालेको पनि सहयोग रहेको कांग्रेस प्रवक्ताको दाबी

एमसीसी संसदबाट अनुमोदन गराउन एमालेको पनि सहयोग रहेको कांग्रेस प्रवक्ताको दाबी
अ अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गर्नु भएको छ । 

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाएपनि अनौंपचारिक रुपमा सहयोग गरेको बताउनु भएको हो । उहाँले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिनु भयो । 

सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंशा गरेको प्रवक्ता महतको भनाई थियो । उहाँले भन्नु भयो, ‘एमसीसी सही ढंगले संसदले पारित ग¥यो । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो । हामीले यसरी बुझेको छौं । समग्रमा अपवाद बाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई जुन पारित गरेको छ । यसले यसमा रहेको भ्रम र अन्यौलको माहौललाई समाप्त गरेको छ । र, यो क्रममा हाम्रो पार्टी सभापति, देशका प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीका साथ यो परियोजनालाई संसदबाट पारित गर्ने आधार तयार भयो । त्यसको लागि हामी पार्टीकोतर्फबाट उहाँलाई पनि धन्यवाद दिन चाहन्छौं । र, समग्र नेपाली जनताले पनि नेपाली काँग्रेसको सुझबुझपूर्ण निर्णय र नेतृत्वको प्रशंशा गरिराखेका छन । 

नेपाली काँग्रेस पार्टीले निरन्तर यथार्थ कुरो, सत्य कुरो सत्ता बाहिर भएपनि, सत्ता भित्र भएपनि दिनरात हामीले राखिराख्यौं । त्यसलाई पनि नेपाली जनताले प्रशंशा गरेका छन । र, नेपाली काँग्रेस पार्टी नै एउटा यस्तो पार्टी हो, जसले परिपक्व निर्णय गर्छ । र, निर्णय गरिसकेपछि त्यसमा उभिन्छ भन्ने सन्देश पनि गएको छ । यो क्रममा गठबन्धनमा रहेका सबै दलहरुको सहयोग रह्यो । यसका प्रतिपनि नेपाली काँग्रेस उहाँहरुलाई धन्यवाद दिन चाहन्छ । र, सँगसँगै विपक्ष दलको प्राविधिक रुपमा उहाँहरुको यो प्रक्रियामा सहभागिता नभएपनि उहाँहरुको पनि यसका प्रति जुन सकारात्मक दृष्टिकोण थियो । यसका प्रति पनि उहाँहरुलाई हामी धन्यवाद दिन चाहन्छौं ।’

प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गर्नु भयो । उहाँले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गर्नु भयो । प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘बाँकी अझै केही भ्रम र अफबाह छन भने त्यसलाई पनि नेपाली काँग्रेस पार्टीले निरन्तर मेटन निरन्तर लागि रहन्छ । र अझै पनि यस विषयलाई लिएर जो नकारात्मक दृष्टिकोण राखिरहनु भएको छ । 

उहाँहरुलाई पनि हामी अनुरोध गर्न चाहन्छौं–यो शुद्ध विकास सहयोग हो । विकास परियोजना हो । यसको अरु कुनै मक्सद छैन । यो कुरालाई हामीले व्याख्यात्मक घोषणा पनि उल्लेख गरेका छौं । एमसीसीको मूल डकुमेन्टमा पनि यो कुरा स्पष्ट उल्लेख छ । शुद्ध विकास सहयोग हो । हामीलाई चाहिएको विद्युत प्रशारण लाईन र सडक परियोजना मूलतः यो खर्च हुँदैछ । र, अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ ।’

प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाईन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताउनु भयो । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उहाँले बताउनु भयो ।