१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको गुठचौर गाउँपालिकामा स्थगित भएको मतदान पुनः सुरु



अ+ अ-

जुम्ला । झडप पछि स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका -३ गर्ज्याङकोटमा पुनः मतदान सुरु भएको छ ।

वैशाख ३० गते मतदानका क्रममा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच शंकर माध्यामिक विद्यालयको केन्द्रमा मतदान सुरु गरिएको हो ।

मतदान सहज को लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।