• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

सप्तरीमा कांग्रेस र जसपा २/२ वडामा विजयी



सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दुई/दुई वडामा र नेकपा (एमाले), लोसपा र जनमत पार्टीले एक/एक वडामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षमा रोहिणीप्रसाद पोखरेलको समूह नै विजयी भएको छ । कांग्रेसकै खुला सदस्यमा दीपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी हुनुभएको छ ।

शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएको छ । प्यानलसहित जितेको उक्त वडामा कांग्रेसबाट खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देवीराम विजयी हुनुभएको छ ।

यसैगरी खडक नगरपालिका–२ को वडाध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मदेव साहले ३५९ र एमालेका विसुन साहले ३३६ मत ल्याएका छन् । कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान ४१ मत बढी ल्याएर विजयी हुनुभएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ । सो पार्टीका सबजुल खलिफा ६४१ मत ल्याई वडाध्यक्षमा विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याउनु भएको छ ।

यसैगरी खुला सदस्यमा एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथदेवी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी हुनुभएको छ ।

खडक –१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंंहेश्वर मण्डलले ६३८ मत ल्याउनु भएको छ ।

लोसपाकै खुला सदस्यमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल तथा महिला सदस्यमा आभना खातुन र दलित महिला सदस्यमा ललितादेवी राम विजयी हुनुभएको छ ।

उक्त वडामा कांग्रेसबाट महिला वडासदस्य र दलित महिला सदस्य विजयी हुनुभएको छ । यसैगरी एमाले र जसपाले खुला वडासदस्यमा जित हासिल गरेको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडाध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भएका छन् ।

डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान सुरु भएको छ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान सुरु हुने जनाइएको छ। हाल जिल्लाको १६ स्थानीय तहको मतगणना जारी छ ।