२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा कांग्रेस र जसपा २/२ वडामा विजयी



अ+ अ-

सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दुई/दुई वडामा र नेकपा (एमाले), लोसपा र जनमत पार्टीले एक/एक वडामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षमा रोहिणीप्रसाद पोखरेलको समूह नै विजयी भएको छ । कांग्रेसकै खुला सदस्यमा दीपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी हुनुभएको छ ।

शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएको छ । प्यानलसहित जितेको उक्त वडामा कांग्रेसबाट खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देवीराम विजयी हुनुभएको छ ।

यसैगरी खडक नगरपालिका–२ को वडाध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मदेव साहले ३५९ र एमालेका विसुन साहले ३३६ मत ल्याएका छन् । कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान ४१ मत बढी ल्याएर विजयी हुनुभएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ । सो पार्टीका सबजुल खलिफा ६४१ मत ल्याई वडाध्यक्षमा विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याउनु भएको छ ।

यसैगरी खुला सदस्यमा एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथदेवी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी हुनुभएको छ ।

खडक –१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंंहेश्वर मण्डलले ६३८ मत ल्याउनु भएको छ ।

लोसपाकै खुला सदस्यमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल तथा महिला सदस्यमा आभना खातुन र दलित महिला सदस्यमा ललितादेवी राम विजयी हुनुभएको छ ।

उक्त वडामा कांग्रेसबाट महिला वडासदस्य र दलित महिला सदस्य विजयी हुनुभएको छ । यसैगरी एमाले र जसपाले खुला वडासदस्यमा जित हासिल गरेको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडाध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भएका छन् ।

डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान सुरु भएको छ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान सुरु हुने जनाइएको छ। हाल जिल्लाको १६ स्थानीय तहको मतगणना जारी छ ।




भर्खरै