२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी



अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ ।

छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित निकालेका छन् । वडा नम्बर ६ बाट मतगणना सुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी हुनुभएको छ । उहाँले ७२९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, बौँदीकाली–५ मा भने एमालेको प्यानल नै वियजी भएका छ । यहाँ वडाध्यक्षमा एमालेका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ४६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो ।

बौँदीकाली–४ को वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारु मगर ८६८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गर्नुभयो । यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा बौँदीकालीको वडा नम्बर १, ३ र ४ कांग्रेसले जितेको थियो भने वडा नम्बर २, ५ र ६ एमालेले जितेको थियो । रासस