२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था गर्छु : मुख्यमन्त्री भट्ट



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताउनुभएको छ । आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माणको अवलोकन गर्न आइपुग्नुभएका मुख्यमन्त्री भट्टले झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभयो ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अवलोकन गर्दै उहाँले पुल निर्माण निर्धारित समयमै पूरा गर्न ठेकेदारलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री भट्टले पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले पुल जोड्ने चारलेनको सडक गड्डाचौकीसम्म मात्रै निर्माण हुने भए पनि उक्त सडक चिसापानीसम्म विस्तारका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र राज्यमन्त्री मानबहादुर सुनारलगायतले निर्माणाधीन चार लेनको सडक, पक्की पुल, कृषि कार्यक्रमअन्तर्गत गरिएको मसला खेती, सुक्खा बन्दरगाहका लागि प्रस्तावित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रसँगै महाकाली नदीमा निर्माण गरिएको तटबन्धको अवस्थाका बारेमा  अवलोकन गर्नुभएको छ ।